१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अस्ट्रेलियामा पनि मनाइयो इन्द्रजात्रा (तस्बिरहरु)

नारायण खड्का

अस्ट्रेलिया — सहकालका देवता इन्द्रको पुजा आराधना गरि मनाइने इन्द्रजात्रा पर्व अस्ट्रेलियामा समेत धुमधामसँग मनाइएको छ । नेपालमै मनाइने इन्द्रजात्राको झल्को दिने उद्देश्यले कुमारीलाई रथमा राखेर रथयात्रा समेत गरिएको थियो । दक्षिण अस्ट्रेलियामा रहेको गुठी संस्थाले आयोजना गरेको जात्रामा नेपालीहरु मात्र नभएर विदेशीहरुको समेत उल्लेख्य उपस्थिती थियो । लाखे नृत्य, कुमारी नृत्यका साथै ऐरावत हात्तीलाई समेत प्रस्तुत गरिएको जात्रामा सहभागीहरुलाई परम्परागत खानेकुरा समयबजी समेत खुवाइएको थियो ।

विगत तीनवर्षदेखि लगातार हुँदै आएको कार्यक्रम यसवर्ष यहाँ रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष मंगलमान बज्राचार्यले सुनाए । उनले आफ्नो कलासंस्कृतिलाई यहाँ रहेको दोस्रो पुस्तामा हस्तान्तरण गर्ने योजना अनुरुप कार्यक्रममा उनीहरुको सहभागितालाई जोड दिइएको उनले सुनाए । जात्रामा नेवारीहरु मात्र नभएर यहाँ रहेका एनआरएन लगायतका विभिन्न संघसंस्थाले समेत सहभागिता जनाएका थिए ।

प्रकाशित : भाद्र ३०, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्