साताका ७ उत्कृष्ट तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तिपुर डेली डटकममा इन्द्र जात्रासँग सम्बन्धित तस्बिरहरुले प्राथमिकता पाएका छन् । यस्तै सडक भाँसिदा पासाङ ल्हामुमार्गको रसुवा खण्ड अवरुद्ध भएको तस्बिरले पनि चर्चा पायो । त्यस्तै, सिसडोलस्थित डम्पिङ साइटमा फोहोर संकलन गरेपछि आराम गर्दै गरेका एक कामदार, राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गरेको तस्बिरहरु पनि छापिएका थिए ।

प्रकाशित : भाद्र २८, २०७६ १८:५२
इन्द्र जात्रामा वसन्तपुरमा मोबाइलबाट रथको तस्बिर लिदै सर्वसाधारण । तस्बिर: इलिट जोशी

४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा राजधानीको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गर्दै । तस्बिर: अनिश रेग्मी

उपत्यकाको पश्चिमी भेग कलंकीतर्फ साँझको बेला उड्दै गरेको धुलोमा परेको सूर्यको किरण । तस्बिर: अंगद ढकाल

इन्द्र जात्राको अवसरमा भक्तपुरको सिद्ध पोखरीमा दिपावली गरिदै ।

पहिरोले सडक भासिँदा पासाङ ल्हामुमार्गको रसुवा खण्ड अवरुद्ध भएपछि जोखिमपूर्ण तरिकाले सडक पार गर्न खोज्दै यात्रु । तस्बिर: बलराम घिमिरे

नुवाकोटको सिसडोल स्थित 'डम्पिङ साइट'मा फोहोर संकलन गरेपछि आराम गर्दै । तस्बिर: कबिन अधिकारी

प्रतिक्रिया
पठाउनुहोस्

बुद्धले जहाज थप्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — बुद्ध एयरले थप जहाज भित्र्याएको छ । शनिबार एटीआर-७२ जहाज काठमाडौं अवतरण गराएको हो । चेन्नाइबाट उडेको उक्त जहाज त्रिभुवन विमानस्थलमा शनिबार दिउँसो २ बजेर ४0 मिनेटमा अवतरण भएको बुद्ध एयरले जनाएको छ । 

बुद्धको जहाज संख्या १३ पुगेको छ। बुद्ध एयरका अनुसारथपिएको जहाजबाट दसैंअघि नै उडान हुनेछ।

अर्को जहाज पनि अक्टोबर महिनामा भित्र्याउने बुद्धको तयारी छ।

प्रकाशित : भाद्र २८, २०७६ १८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्