कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ओथारो बस्न थाले सारस [तस्बिरहरु]

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — दुर्लभ पन्छी सारसको यतिबेला फुल पार्ने र ओथरा बस्ने बेला हो । भूइँमै गुँड लगाउने यो चरो लुम्बिनी क्षेत्रमा वर्षैभरी देख्‍न पाइन्छ । सजिलै भेटिने स्थानमा गुँड लगाउने भएकाले यसलाई चल्ला हुर्काउन धेरै जोखिम छन् । पन्छीका सिकार गर्ने वन्यजन्तुबाट यसलाई सधैँ डर रहन्छ । रुपन्देही र कपिलवस्तुका ४० भन्दा बढी ठाउँमा यो चरो यतिबेला फुल पार्ने र ओथरा बस्ने गरिरहेको देख्‍न सकिन्छ ।

गुँड लगाएर बसेका अधिकांस अबका केहीदिनमै चल्ला कोरल्ने अवस्थामा छन् । एक जोडीलाई दुईवटा चल्ला हुर्काएर उडाउने बनाउञ्जेल धेरै जोखिमहरु छन् । दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा पाइने अग्लो खुट्टा भएको यो चरो हेर्दा सुन्दर देखिन्छ । नेपालका लागि यो रैथाने प्रजाति भएपनि लुम्बिनी क्षेत्रबाहेक अन्त सजिलै देख्न पाइदैन ।


प्रकाशित : भाद्र २८, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्