कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

पेट्रोलियम पाइपलाइन : २४ वर्षको सपना साकार

कान्तिपुर संवाददाता

काठमाडौँ — मोतिहारी–अमलेखगञ्ज पाइपलाइन सुरु भएपछि नेपालीहरूको २४ वर्षपछिको सपना पूरा भएको छ । दक्षिण एशियाकै पहिलो सीमापारको रूपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबार विधिवतरूपमा सञ्चालनमा आएसँगै २४ वर्षपछिको सपनाले साकार रूप लिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्तरूपमा स्वीच थिची उक्त पाइपलाइनको आज उद्घाटन गरे । दुवै देशका प्रधानमन्त्रीहरुले आ–आफ्नो ठाउँबाट भिडियो कन्फरेन्समार्फत सो पाइपलाइनको उदघाट्न गरेका थिए ।

तस्बिर सौजन्य : प्रधानमन्त्री कार्यालय

प्रकाशित : भाद्र २४, २०७६ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्