कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मोतिहारी–अमलेखगन्ज पाइपलाइनको उद्घा‌टन (तस्बिरहरु)

पवन यादव

सिमरा — मोतिहारी–अमलेखगन्ज पाइपलाइनको मंगलबार नेपाल र भारतको प्रधानमन्त्रीद्वयले भिडियो कन्फरेन्स मार्फत स्वीच थिचेर उद्घाटन गरेका छन् । भारतीय समय १२ बजे स्वीच थिचेर उद्घाटन गरिएको पाइपलाइन मार्फत् अमलेखगन्ज डिपोमा नेपाली समय १२ बजेर २० मिनेटमा तेल झरेको थियो ।

सेम्पल चेकिङ प्वाईन्टमा झरेको डिजेल सिसाको भाडोमा भरेर इन्डियन आयल कर्पोरेशनका कार्यकारी निर्देशक जेपी सिन्हाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेललाई हस्तान्तरण गरेका थिए । तेल हस्तानान्तरण गरेपछि औपचारिक समारोहमा नेपाल आयल निगमका भारतीय र नेपाली उच्च अधिकारीहरुले सम्बोधन गर्दै दक्षिण एसियामै पहिलो पटक अन्तरदेशीय पाइपलाइनको ऐतिहासिक उदघाटन भएको बताएका थिए ।


प्रकाशित : भाद्र २४, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्