कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गर्मी छल्न जलविरे झरना

हरिहरसिंह राठौर

चितवन — धादिङसँग जोडिएको चितवन जिल्लाको एकमात्रै गाउँपालिका इच्छाकामनास्थित जलविरे झरना बिदाको दिन युवाहरु रमाउन, आनन्दका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ । भीर, पहरा, छॅँगा र छहराको संयोग, प्राकृतिकाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येको एक हो । जलविरेको झरना हेर्न, झरनामा खेल्न र पौडी खेलेर मजा लिन युवा र बालबालिकाको लर्को लाग्ने गर्दछ ।

इच्छाकामना-६ जलविरेमा रहेको उक्त झरना १ सय २ मिटरभन्दा बढी लामो रहेको छ । 'जाडो यामको पुस माघ र साउनमा झरना हेर्ने आउनेको कमी हुन्थो तर यसपाला साउनमै पनि आए, एकै दिन ११ सय जनाले झरना हेर्न टिकट काटेको रेकर्ड छ, ‘ लामो झरना व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका स्थानीय शिक्षक देवकुमार गुरुङले बताए ।

दैनिक एक सय जना आउने गरेको बताउँदै व्यवस्थापन समिति अध्यक्ष गुरुङले नारायणगढ बजार बन्द हुने दिन सोमबार र शनिबार भीड थेग्नै गाह्रो हुने बताए । झरना हेर्न मात्रै हैन झरनामा छाँगारोहण (क्यानोनिङ्ग) गर्न पनि सम्पर्कका ८ वटा कम्पनीहरुले वर्षमा ५ सय जति खेलाडी युवाहरु ल्याउने गरेका छन् । झरनामा गीत छायाङ्कन गर्ने र टिकटक रेकर्ड गर्नेहरु समेत पुग्छन् । झरना हेर्न व्यवस्थापन समितिले नेपालीसँग ५० र विदेशीसँग १ सय रुपैयाँ लिने गरेको छ । झरनाबाट संकलित रकम व्यवस्थापन समितिले वार्षिक १५ लाख स्थानीय तहलाई बुझाउने गरे पनि व्यवस्थापन खर्च नपाएको स्थानीयले बताएका छन् ।

नारायणगढ-मुग्लिन सडकको जलविरे मन्दिरबाट ५ सय मिटरमै ग्रामिण सडक हुँदै झरना पुग्न सकिन्छ । मुग्लिनबाट ७ किमी दुरीमा रहेको यो लोभलाग्दो जलविरे झरनाको सुन्दरता र विशेषता सुनेरै , फेसवुकमा फोटो देखेर धादिङबाट आफू आएको दामोदर अर्यालले बताए ।


प्रकाशित : भाद्र २३, २०७६ १८:२०
प्रतिक्रिया
पठाउनुहोस्