कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साताका ७ उत्कृष्ट तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — पछिल्लो केही दिनदेखि मुलुकका विभिन्न स्थानमा डेंगुको चर्चा चलेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु संक्रमक रोगका कारण मानिसहरु संक्रमित भएका छन् भने ४ जनाको ज्यान गइसकेको छ ।

भक्तपुरको सल्लाघारी हुँदै समान लिएर उपत्यका छिर्दै गरेका टिपर लस्कर । टिपरद्वारा हुने दुर्घटनाको संख्यामा वृद्धि भएपछि गृह मन्त्रालयले एक वर्षअघि दिउँसो चलाउन नपाउने र राति सात बजेपछि मात्र उपत्यकाको रिङ्गरोड तथा भित्री स्थानहरुमा छिर्न पाउने निर्णय गरेको थियो । तर टिपर आतंक रोकिएको छैन । तस्बिर : अंगद ढकाल

काठमाडौंको बसन्तपुरमा नाचगान गरेर तीज मनाउँदै महिला । तस्बिर : केशव थापा

डेंगु संक्रमण फैलिँदै गएपछि सरकारी र गैरसरकारी निकाय नियन्त्रणमा लागि परेका छन् । यो साता कान्तिपुरमा पनि डेंगु संक्रमित, संक्रमणबाट बच्न लामखुट्टे मार्ने अभियान लगायतका तस्बिरले प्राथमिकता पाएका छन् । त्यस्तै हिन्दू नारीहरुको महान् पर्व तीजका तस्बिरले स्थान पाए भने काठमाडौं मूलपानीमा हाउजिङको निर्माणाधीन भवन भत्किएको लगायत समसामयिक विषयका तस्बिर पनि छापिए ।

डेंगुको संक्रमण काठमाडौंमा समेत देखिएपछि काठमाडौं महानगरिपालिकाको वातावरण विभागले बतायो । लगन क्षेत्रमा डेंगु नियन्त्रण गर्न औषधि छरिँदै । रुवि फाउन्डेसन नामक संस्थासँगको सहकार्यमा महानगरपालिकाले मेसिनको प्रयोग गर्दै डेंगुको संक्रमणलाई नियन्त्रण गर्ने प्रयास गरेको हो । तस्विर : बिजु महर्जन, कान्तिपुर

मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको ढलेको निर्माणाधीन दुई तले घर । तस्बिर : कविन अधिकारी

काठमाडौंको न्युरोडस्थित सुनसान सुन पसल (बायाँ) र ग्राहकको भीड लागेको नक्कली सुन पसल (दायाँ) । तस्बिर : सन्जोग मानन्धर

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातलमा डेंगु लागेका बिरामीलाई खाना खुवाउँदै आफन्त । तस्बिर : कविन अधिकारी

ललितपुरको गुसिंगाल नजिकै साइकल गुडाउँदै महिलाहरु । तस्बिर : हेमन्त श्रेष्ठ


प्रकाशित : भाद्र २१, २०७६ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्