कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

जब मूलपानीस्थित ग्रिनहिल सिटीमा बन्दै गरेको घर एक्कासी भत्कियो...(तस्बिरहरु)

तस्बिर : कविन अधिकारी

काठमाडौँ — मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको निर्माणाधिन घर भारी वर्षाका कारण भत्किएको छ । गएरातिको भारी वर्षापछि निर्माणाधिन दुई तले घर भत्किएको हो । भौगर्भिक अध्ययन बिना नै भिरालो क्षेत्रमा घर निर्माण गर्दा घर भत्किएको हुन सक्ने नेपाल इन्जिनियरिङ कलेजका उपप्राध्यापक सुशिल आचार्यले बताए ।

यस्तै, त्रिवि केन्द्रीय वातवरण विज्ञानका उपप्राध्यापक एवं जिओलोजिस्ट भरत भण्डारीका अनुसार धेरै पानीपरेपछि ‘ग्राउण्ड वाटर लेभल’ माथि बढ्ने क्रममा माटो बग्दा घरले थेग्न नसकेर भत्किएको हुन सक्ने बताए । उनका अनुसार घर निर्माण गर्दा 'सियर वाल' पनि गहिरो नभएकाले घर भत्किएको हुनसक्ने बताए ।

प्रकाशित : भाद्र १८, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्