२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

महाकाली किनारमा रौनक [तस्बिरहरु]

भवानी भट्ट

कञ्चनपुर — महाकाली नदीमा स्नान गर्न कञ्चनपुरसँगै कैलालीबाट महिलाहरु आउने गरेका छन् । महिलाहरु ट्रयाक्टर तथा अन्य सवारी साधनमा गीत बजाउँदै नाच्दै नदीतर्फ गईरहेका र फर्किरहेका छन् । तीज गीत र नृत्यले महाकाली किनारमै बेग्लै रौनकता आएको छ ।

ऋषिपञ्चमीको स्नानका लागि बनबसा पुलसम्मै सवारी साधन सञ्चालन गरिएका छन् । गड्डाचौकीदेखि महाकाली किनारसम्म श्रद्धालु महिलाहरुको भीडले आउजाउ गर्नसमेत समस्या भइरहेको छ ।


प्रकाशित : भाद्र १७, २०७६ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्