कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

साताका उत्कृष्ट ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालमा विभिन्न क्षेत्रमा तयारीका काम भइरहेको छ । हवाईमार्गबाट सिधा काठमाडौं आउने पर्यटकका लागि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मर्मत सरसफाइको काम भइरहेको छ ।

काठमाडौंको बालाजुमा रहेको धुकु आयल स्टोर बाटो बिस्तार गर्दा फुटपाथ नै नरहने गरी बसेको आयल स्टोर । सवारी साधनले रोडमै रोकेर पेट्रोल, डिजेल भर्नु परेको छ । मापदण्डविपरीतको पम्पका कारण आगलागीको जोखिम उच्च छ । तस्बिर : कविन अधिकारी

यो साता कान्तिपुर डटकममा बुटिक एयरपोर्टमा भइरहेको कामको तस्बिर र बालाजुमा मापदण्डविपरीत घरको सटरमा धुकु आयल स्टोर राखेको तस्बिर प्राथमिकताका साथ छापिए । त्यस्तै ललितपुरको सुनाकोठीमा जथाभावी गरिएको जग्गा प्लटिङ, पाटनको कृष्ण मन्दिरमा भक्तजनको लाइनको तस्बिरहरु पनि छापिएका थिए ।

छ भक्तपुर इताछेंस्थित लेउले भरिएको 'न पुखु’ पोखरीमा खेल्दै बालक । तस्बिर : अनिश रेग्मी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनको छत सफा गर्दै कामदारहरु । भ्रमण वर्ष २०२० लाई लक्षित गरी बुटिक एयरपोर्ट बनाउने लक्ष्यका साथ सरसफाइको काम भइरहेको छ । तस्बिर : अंगद ढकाल

एसियन सेन्ट्रल जोन भलिबल च्यामपियनसीपअन्तर्गत बंगलादेशका खेलाडी अफगानिस्तानविरुद्ध सट हान्ने प्रयास गर्दै । तस्बिर : केशव थापा

ललितपुरको सुनाकोठीमा भिरालो जमिनमा गरिएको प्लटिङ, जथाभावी गरिएको प्लटिङले भू-क्षयको खतरा बढाउँछ । व्यक्तिगत रुपमा जथाभावी प्लटिङ हुनेक्रम रोकिएको छैन । तस्बिर : बिजु महर्जन

कृष्ण जन्माष्टमीको दिन ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा पूजाको लागि लाइनमा भक्तजन । तस्बिर : इलिट जोशी

प्रकाशित : भाद्र ११, २०७६ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्