कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ सय वर्ष पुरानो बिहार जोगाउन गुठी संस्थान घेराउ (तस्बिरहरु)

दामोदर न्यौपाने, तस्बिर : केशव थापा

काठमाडौँ — असनको अशोकवृक्ष विहार (कोथुननी) जोगाउन स्थानीयवासी, सम्पदा संरक्षण अभियन्ता लगायतले आइतबार गुठी संस्थान घेराउ गरेका छन् । मठ मन्दिर, विहार जस्ता सम्पदा जोगाउन बनेको संस्थान नै मास्न लागेको भन्दै संस्थानले जोगाउन नसक्ने हो भने गुठीका जग्गामा स्थानीयवासी गुठीयार मिलेर सिमाना लगाउने उनीहरुले चेतावनी दिएका छन् ।

बाजागाजा सहित गुठी संस्थान केन्द्रीय कार्यालय गएका अभियन्ता, गुठीयारले संस्थान परिसरमा मानव साङलो बनाएर घेरा हालेका थिए । घेराउ कार्यक्रममा बोल्दै वक्ताहरुले संरक्षणको जिम्मेवारी लिएको निकाय सम्पदा मास्न लाग्ने हो भने जनताले कारबाही गर्ने चेतावनी दिए । ‘राज्यका निकायले कानुन पालना नगरी माफियालाई प्रोत्साहन गरिराख्छन् भने हामी समुदायको नियम बनाएर हाम्रा पुर्वजले पर्वपुजा चलाउन राखेको जग्गामा हामी घेर लगाएर संरक्षण गर्छौ,’ सम्पदा संरक्षण अभियन्ता गणपतिलाल श्रेष्ठले भने, ‘सम्पदा जोगाउने अभियान अब देशै भरी चलाउँछौं । नेपालका सम्पदा कहाँ कहाँ मासिएका छन्, त्यसको हिसाब माग्छौं अब जोगाउन खडा भएका निकायसँग ।’ संस्थानले बिहार भत्काएर कम्पलेक्स बनाउन लागेपछि उनीहरु चरणवद्ध आन्दोलनमा उत्रिएका हुन् । बिहार नमास्न माग गर्दै दुई महिनादेखि हस्ताक्षर अभियान समेत सञ्चालन गरेका थिए ।

प्रकाशित : भाद्र ८, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्