यसरी निकालियो विराटनगरमा राधाकृष्ण रथयात्रा [फोटोफिचर]

देवनारायण साह, विनु तिम्सिना

(मोरङ) — विराटनगरमा शनिबार राधाकृष्णको रथयात्रा निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने चलन छ । राधाकृष्ण आरुढ खटलाई नगर परिक्रमा गराउने चलन १९८८ सालदेखि सुरु भएको हो । खटयात्राबाट सुरु भएको राधाकृष्णलाई नगर परिक्रममा गराउने चलन २०२५ सालदेखि रथयात्रामा परिणत भएको हो । यो रथयात्राको ८९ औं श्रृङ्खला हो ।

रथको डोरी ताने मनोकांक्षा पूरा हुने र पुण्य प्राप्त हुने जनविश्वास छ । यो रथयात्राले पूर्वकै सांस्कृतिक महत्व बोकेको स्थानीय बताउँछन् । १८ फिट चार इन्च उचाई, ११ फिट दुई इन्च चौडाई र १४ फिट लम्बाई भएको रथमा राधाकृष्णलाई राखेर तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट रथयात्रा प्रारम्भ गरिन्छ । रथयात्रा शनिहाट चोक, गोल्छा चोक, जलजला मोड, बुधहाट चोक, ट्राफिक चोक, महेन्द चोक र शनिमन्दिर चोक, भृकुटी चोक, वरगाछी हुँदै पुनः राधकृष्ण मन्दिरमा गएर समापन हुन्छ । रथयात्रामा हेलिकप्टरबाट पुष्पवृष्टीसमेत गरिएको थियो ।

५ लाखभन्दा बढीले रथयात्रा अवलोकन गरेको आयोजकको दाबी छ । शान्ति सुरक्षा कायम गर्न ड्रोनबाट निगरानी र २ हजार प्रहरी परिचालन गरिएको छ ।


प्रकाशित : भाद्र ७, २०७६ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्