२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सन्तुलन सूत्र (तस्बिरहरु)

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु भाद्र ७ गते । १० वर्षे किशोरी । उनको सन्तुलन सूत्र देख्दा सबै जिब्रो टोक्छन् । भारतको कानपुरबाट आएकी उनले शनिबार कपिलवस्तुको नयाँ टोलमा गज्जबको चटक देखाइन् । बाबु र आमाले दुई तिर बाँसको लौरो ठड्याए । त्यसमाथि दाजुले डोरी बाँधे । थाल ठटाउन थाले । निमेषमै भीड बढ्यो । अनी सुरु भयो १० वर्षे किशोरीका चटक ।

लौरोमा ठड्याएको १० मिटर लामो डोरीमा पहिले १० मिनेट खाली खुट्टा हिँडेर देखाइन् । त्यसपछि टाउकोमा पितलको कसौडी राखेर चप्पल लगाएर हिँडिन् । खाली खुट्टा पनि हिँडिन् । त्यसपछि एउटा खाली खुट्टा र अर्को थालमा खुट्टा राखेर हिँडिन् । त्यसपछि टाउकोमा कसौडी राखेर डोरीमा साईकलको रिङसंगै हिँडिन् । आधा घण्टा चटक देखाउँदा उनले निक्कै जोखिम मोलिन् । उनका बाबुले ढोल बजाएर महौल तताउथे । सबैलाई रोमाञ्चित बनाउथे । उनले गज्जबको सन्तुल सूत्र मिलाएकी थिइन् । उनको चटक देखेरै सबैले रामै बक्सिश दिए । आधा घण्टामा २ हजार ५ सय बढी उनले संकलन गर्न सफल भईन् । उनकै कमाईबाट ५ जनाको पालिदै आएको उनले बताईन् ।

प्रकाशित : भाद्र ७, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्