सन्तुलन सूत्र (तस्बिरहरु)

तस्बिर : मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु भाद्र ७ गते । १० वर्षे किशोरी । उनको सन्तुलन सूत्र देख्दा सबै जिब्रो टोक्छन् । भारतको कानपुरबाट आएकी उनले शनिबार कपिलवस्तुको नयाँ टोलमा गज्जबको चटक देखाइन् । बाबु र आमाले दुई तिर बाँसको लौरो ठड्याए । त्यसमाथि दाजुले डोरी बाँधे । थाल ठटाउन थाले । निमेषमै भीड बढ्यो । अनी सुरु भयो १० वर्षे किशोरीका चटक ।

प्रकाशित : भाद्र ७, २०७६ १४:३४

लौरोमा ठड्याएको १० मिटर लामो डोरीमा पहिले १० मिनेट खाली खुट्टा हिँडेर देखाइन् । त्यसपछि टाउकोमा पितलको कसौडी राखेर चप्पल लगाएर हिँडिन् । खाली खुट्टा पनि हिँडिन् । त्यसपछि एउटा खाली खुट्टा र अर्को थालमा खुट्टा राखेर हिँडिन् । त्यसपछि टाउकोमा कसौडी राखेर डोरीमा साईकलको रिङसंगै हिँडिन् । आधा घण्टा चटक देखाउँदा उनले निक्कै जोखिम मोलिन् । उनका बाबुले ढोल बजाएर महौल तताउथे । सबैलाई रोमाञ्चित बनाउथे । उनले गज्जबको सन्तुल सूत्र मिलाएकी थिइन् । उनको चटक देखेरै सबैले रामै बक्सिश दिए । आधा घण्टामा २ हजार ५ सय बढी उनले संकलन गर्न सफल भईन् । उनकै कमाईबाट ५ जनाको पालिदै आएको उनले बताईन् ।

प्रतिक्रिया
पठाउनुहोस्

भारतका पूर्व वित्त मन्त्री जेट्लीको निधन

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका पूर्व वित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । अघिल्लो नरेन्द्र मोदी सरकारमा अर्थमन्त्री रहेका जेट्लीको ६६ वर्षको उमेरमा शनिवार मध्यान्ह नयाँ दिल्लीको अल इण्डिया मेडिकल इस्टिच्युट अफ मेडिकल साइन्स् (एम्स) मा उपाचारकै क्रममा निधन भएको हो । 

जेट्लीलाई श्वास फेर्न कठिनाई र मुटुको चालमा समस्या देखिए पछि दुईसता अघि अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य झन् विग्रदै गए पछि केही दिनदेखि उनलाई लाइफ सपोर्टमा राखिएको थियो।

जेट्लीलाई मोदीको पहिलो कार्यकालमा सरकारको ‘ट्रबल शुटर’ कै रुपमा लिइन्थ्यो। मोदीको साथ पाएर नै जेट्लीले अर्थमन्त्रीको रुपमा नोटबन्दी र जिएसटीजस्ता अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने क्रिटिकल निर्णयहरु समेत लिएका थिए।
मोदी र जेट्लीबीच करीब दुई देशदेखि घनिष्ट सम्बन्ध थियो।

मोदीलाई दिल्लीको राजनीतिक केन्द्रहरुसँग परिचित गराउन जेटलीको अहं भूमिका रहेको बताइन्छ। सन् १९९५ पछि मोदी गुजरातको राजनीतिबाट केही समय विश्राम लिएर दिल्ली आएपछि जेटली र मोदीबीचको सम्बन्ध झाँगिएकोथियाे । पछि मोदीलाई गुजरातको मुख्यमन्त्री बनाउने पार्टीको निर्णयका पछाडि पनि जेट्लीको महत्वपूर्ण हात रहेको बताइन्छ। मोदी पार्टीको महासचिव बनेपछि दिल्लीमै बस्न थाले र त्यसपछि यी दुई बीचको सम्बन्ध थप प्रगाढ हुन पुगेको थियो।

दिल्लीमा राम्रो प्रभाव बनाएका जेट्लीको साथले मोदीले दिल्लीको सत्तालाई नजिकबाट बुझ्न पनि सघाएको बताइन्छ। पछि मोदी र जेट्लीबीच सम्बन्ध यति गाढा बन्यो कि सन् २००२ को गुजरात दंगाका कारण पार्टीभित्र मोदीको विरोध भए पनि जेट्ली भने मोदीको पक्षमा उभिएका थिए। त्यसयता जेट्लीले मोदीलाई निरन्तर साथ दिइरहे। जेट्लीको राजनीतिक रणनीतिमात्र होइन तार्किक प्रस्तुति र भाषण शैलीबाट मोदी भलिभाँती परिचित थिए।

जेट्ली पेशाले वकिल पनि थिए। वरिष्ठ राजनीतिज्ञदेखि पेप्सी र कोकलगायतका बहुराष्ट्रिय कम्पनीहरु उनका क्लाइन्ट थिए। उनको राजनीतिक जीवनको शुरुआत भने १९९१ म भारतीय जनता पार्टीबाट भएको हो। सन् १९९९ मा अटल बिहारी बाजपेयी नेतृत्वको सरकारमा उनी पहिलो पटक सूचता तथा प्रसारण राज्य मन्त्री बनेका थिए।

सन् २००९ को चुनाव पछि उनी माथिल्लो सदन राज्य सभामा विपक्षी दलको नेता समेत चुनिए। विपक्षी दलको नेता बन्नुअघि जेट्ली पार्टीको महासचिव थिए।

यिनै जेट्लीको विगत एक वर्षदेखि स्वास्थ्यमा समस्या देखिँदै आएको थियो। सन् २०१८ मा उनको एम्स्‌मै मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यसपछि फेरि खुट्टामा क्यान्सरको शकां भएपछि न्यूर्योकमा उपचार गरिएको थियो। त्यसपछि उनी राजनीति र मन्त्रालयको काम पहिले जस्तो सक्रिय हुन छाडेका थिए।

स्वास्थ्यकै कारण देखाएर मोदीको दोस्रो कार्यकालमा मन्त्री बन्न असमर्थता जनाएका थिए। मोदीले अन्तिम समयसम्म पनि उनलाई मनाउने कोशिष गरेका थिए। तर उनले मानेनन् बरु बाहिरबाटै आफूले सक्ने सहयोग गर्ने जवाफ दिए। जेट्लीले मन्त्री बन्न असथर्मतता जनाएपछि निर्मला सितारमणलाई अर्थमन्त्रीको जिम्मेवारी दिइएको हो।

प्रकाशित : भाद्र ७, २०७६ १३:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्