१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आईकाओका अध्यक्ष पुगे एभिएसन म्युजियम (तस्बिरहरु)

सुरज कुँवर

काठमाडौँ — संयुक्त राष्ट्र संघको विशिष्टकृत निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)का अध्यक्ष अलिमुयिवा बेनार्ड अल्युले बिहीबार सिनामंगलमा रहेको एभिएशन म्युजिमम अवलोकन गरेका छन् । उनले उक्त म्युजियमलाई संसारकै उत्कृष्ट नमुना भने । यो म्युजियम नागरिक उड्डयन प्राधिकरणसँगको सहकार्यमा क्याप्टेन बेद उप्रतीले २० महिनाअघि सञ्चलानमा ल्याएका थिए । ‘यो म्युजिम देखेपछि म अच्चममा परेँ,’ पत्नीसहित पुगेका उनले यसलाई संसारकै उत्कृष्ट नमुना भने ।

म्युजियमका सञ्चालक सीईओ क्याप्टेन उप्रेतीका अनुसार, संसारभर भएका एभिएसन म्युजियममा एयरबसको वाइडबडी ३३० विमान नभएकाले पनि यो फरक भएको हो । उप्रेतीले ७ करोड लगानीमा स्थापना गरेको म्युजियमको उद्देश्य संसारभर उड्डयन क्षेत्रमा बढ्दो उड्यनकर्मी अभाव घटाउने हो । अवलोकनमा आईकाओका अध्यक्ष अल्युका साथ एसिया प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औं सम्मेलनमा नेपाल आएका ४३ मुलुकका ४ सय प्रतिनिधि, क्षेत्रीय हवाई महानिर्देशक लगायत उड्डयन विज्ञ थिए । उनीहरुलाई कलंकीस्थित एलआरआई स्कुलका विद्यार्थीले नेपालको भेषभुषामा स्वागत गरेका थिए ।

विश्वभर बढ्दो उड्डयन अर्थतन्त्र तर घट्दो क्रममा रहेको पाइलट, इन्जिनियर लगायतको जनशक्तिको सन्तुलन मिलाउन आईकाआले विश्वभर थालेको भावी पुस्ता नागरिक उड्यनकर्मी उत्पादन कार्यक्रम (एनग्याप) अर्न्तगत यो म्युजियम स्थापना भएको हो ।

यहाँ कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अवलोकनमा शुल्क लाग्दैन । हालसम्म यो म्युजियम २ लाख विद्यार्थीले निःशुल्क अवलोकन गरिसकेको उप्रेतीले बताए । म्युजियममा राखिएको वाइडबडी विमान टर्किस एयरलाइन्सको काठमाडौंमा दुर्घटनामा परेको विमान हो । करिब २३ अर्ब रुपैयाँको विमान उडानयोग्य नभएपछी टर्किसले बेद उप्रेती ट्रष्टलाई विक्री गरेको थियो ।

प्रकाशित : भाद्र ५, २०७६ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्