जामको सास्ती: कहिले बन्ला अरुण खोलाको पुल ? (तस्बिरहरु)

कान्तिपुर संवाददाता

नवलपरासी — पूर्वी नवलपरासीस्थित अरुण खोला पुल भाँचिएका कारण बनाइएको डाइभर्सन बाढिका कारण फेरि महेन्द्रराजमार्गमा यातायात अवरुद्ध भएपछि यात्रुले सास्ती खेप्नु परेको छ । लामो दुरीको सवारीहरु घन्टौँजाममा बस्नुपर्दा यात्रुहरु समस्या परेका छन् । अरुण खोलमा पानीको सतह बढेपछि डाइभर्सन गरी बनाइएको कच्ची सडकभन्दा माथिबाट पानीको भेल बगेका कारण यातायात अवरुद्ध भएको हो ।अरुणखोला भन्दा माथिल्लो गाउँमा पानी परेका कारण खोलामा एक्कासी आएको बाढी कारण राजमार्ग अवरुद्ध हुँदा सयौ गाडी अरुणखोलामा रोकिएका छन् ।

प्रकाशित : भाद्र २, २०७६ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्