प्रदर्शनकारी र प्रहरी झडपका तस्बिरहरु

तस्बिर : अंगद ढकाल

काठमाडौँ — लोकसेवा विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ । ‘आरक्षण बचाऔँ आन्दोलन’ को नाममा भृकुटीमण्डपबाट शनिबार दिउँसो निकालिएको जुलुस पुतलीसडक पुगेपछि प्रहरीसँग झडप भएको हो ।

प्रकाशित : श्रावण ३२, २०७६ १७:३२

झडपमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम लगायत आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ। आन्दोलनकारीलेदिउँसो ४ बजे लाठी जुलुस निकाल्ने कार्यक्रम थियो। तर, बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरु लाठी भृकुटीमण्डपमै खोसेपछि करिब ५ बज्नै लाग्दा विरोध र्‍याली निकालिएको थियो।

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, उत्पीडित क्षेत्र, आपंगता भएका व्यक्तिहरु चरणबद्ध आन्दोलनमा छन् । उनीहरुले संविधान र कानुनमा भएको आरक्षणको व्यवस्थाविपरीत लोकसेवाले विज्ञापन निकालेको भन्दै खारेजीको माग गरेका छन्।

प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौंमा प्रहरी र प्रदर्शनकारीबीच झडप, केही घाइते

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘आरक्षण बचाऔँ आन्दोलन’ कर्मी र प्रहरीबीच झडप भएको छ । भृकुटीमण्डपबाट शनिबार दिउँसो निकालिएको जुलुस पुतलीसडक पुग्दै गर्दा प्रहरीसँग झडप भएको हो ।

झडपमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम लगायत आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले दर्जन बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ।

आन्दोलनकारीलेदिउँसो ४ बजे लाठी जुलुस निकाल्ने कार्यक्रम थियो। तर, बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरु लाठी भृकुटीमण्डपमै खोसेपछि करिब ५ बज्नै लाग्दा विरोध र्‍याली निकालिएको थियो।

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम, उत्पीडित क्षेत्र, आपंगता भएका व्यक्तिहरु चरणबद्ध आन्दोलनमा छन्। उनीहरुले संविधान र कानुनमा भएको आरक्षणको व्यवस्थाविपरीत लोकसेवाले विज्ञापन निकालेको भन्दै खारेजीको माग गरेका छन्।

यसैबीच, झडपको तस्बिर लिने क्रममा कान्तिपुर दैनिकका फोटो पत्रकार अंगढ ढकाल घाइते भएका छन्। ढकालको टाउकोमा चोट लागेको छ।

प्रकाशित : श्रावण ३२, २०७६ १७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्