कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मनमोहक तिलिचो (फोटोफिचर)

कान्तिपुर संवाददाता

काठमाडौँ — तिलिचो उच्च स्थानमा रहेको एउटा ठूलो ताल हो । यो समुद्र सतहबाट ४ हजार ९ सय १९ मिटर उचाइमा छ । तालको पानी र त्यसमाथि उडिरहेको बादलको गतिले यहाँ वेगले हावा चलिरहन्छ । बेलुकीपख र राति यहाँ बस्न कठिन भए पनि दृश्य भने अद्भुत ! हेर्न र फोटो खिच्न कम्ता रमाइलो थिएन । सिनेमाको जस्तो छिन–छिनमा दृश्य परिवर्तन भइरहन्छ । फोटोग्राफी गर्न सजिलो होस् भनेर सूर्योदय, सूर्यास्त, चन्द्रोदय र चन्द्रास्त हुने समय उपयुक्त हुन्छ । तालमाथिको तिलिचो पिकबाट ‘सनसेट’ हुने भएकाले त्यसप्रति धेरैलाई चासो हुँदैन । भोलिपल्टको सूर्योदय नै प्रतीक्षाको विषय बन्छ । गोरख बिष्टले खिचेका तिलिचोका आकर्षक तस्बिरहरु ।


प्रकाशित : श्रावण ३२, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्