कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भक्तपुरमा दिवंगतको सम्झनामा ताहामचा [तस्बिरहरु]

लीला श्रेष्ठ, तस्बिर : अंगद ढकाल

भक्तपुर — उपत्यकामा मनाइने गाईजात्रा मध्ये भक्तपुरको जात्रा पृथक, मनोरञ्जनात्मक एवं व्यङ्ग्यात्मक हुने र ‘घिन्तात्वाङ, गिनित्वाङ घ्यान्ताङ घिसिङ त्वाङ, ताहामचा गना ते ग्वाङखङ् प्वाले ते, ग्वाङ प्वाले मन्ह्यसा खुसिङ चुइक छोय’, भनेर नाचिने आकर्षक घिन्ताङ घिसी नाचको बढी चर्चा हुने गरेको छ ।

गाईजात्रा मनाए मृत आत्माले मोक्ष प्राप्त गरुन्, गाईको पुच्छर समातेर बैतर्णी तर्दै स्वर्ग जाउनु भन्ने उद्देश्यले प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदाका दिनदेखि श्रीकृष्ण जन्माष्टमीसम्म गाईजात्रा मनाउने मान्यता छ ।हिन्दू धर्मग्रन्थ उल्लेख भए अनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मर्त्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकाले पछि यमलोकको ढोका खुल्छ भन्ने मान्यतालाई अंगाल्दै गाईजात्रा मनाउने गरेको स्थानीय बताउँछन् ।


प्रकाशित : श्रावण ३१, २०७६ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्