तस्बिरमा काठमाडाैंको गाईजात्रा

तस्बिर : इलिट जोशी

काठमाडौँ — भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा उपत्यकाका विभिन्न स्थानमा मनाइँदैछ । गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ-आफ्नो इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।


प्रकाशित : श्रावण ३१, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्