नेपालगन्जमा रक्षाबन्धनको चहलपहल (तस्बिरहरु)

शब्द/तस्बिर : ठाकुरसिंह थारु

नेपालगन्ज — दाजु र बहिनीको पवित्र चाड रक्षाबन्धनको चहलपहल नेपालगन्जमा बुधबारबाटै सुरु भएको छ । बिहीबार परेको रक्षाबन्धनका लागि मध्यनजर गर्दै नेपालगन्जको त्रिभुवनचोकमा मेला नै लागेको छ । महिलाहरुले आफ्ना दाजुभाइका लागि विभिन्न प्रकारका राखी र मिठाई किनेका छन् । मधेसी समुदायमा मनाइने यो पवित्र चाड पछिल्लो समयमा अन्य समुदायले पनि सिकेका छन् । रक्षाबन्धनका दिन दिदीबहिनीले दाजुभाइको हातमा राखी बाँधेर दीघार्युको कामाना गर्छन् । दाजुभाइले इच्छा अनुसार दिदीबहिनीलाई दक्षिणा दिने चलन मधेसी समुदायमा छ ।

प्रकाशित : श्रावण २९, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्