कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पोखरामा ट्होटे पर्व (तस्बिरहरु)

विना थापा

कास्की — गुरुङ सामुदायले मंगलबार पोखरामा ट्होटे पर्व तामझामका साथ मनाएका छन् । चैत र साउन महिनाको अन्तिम मंगलबार ट्होटे पर्व मनाइन्छ । कार्यक्रमको आयोजना तमु धिं नेपालले गर्दै आएको छ । तमु धिंका उपाध्यक्ष हुम बहादुर गुरुङका अनुसार गुरुङ भाषामा ‘ट्हो’ को अर्थ ‘राज्य’ र ‘टेको’ अर्थ ‘धपाउने’ वा राज्यबाट शत्रुलाई लखेट्नु हो । गाउँमा भने भूतप्रेत धपाउने पर्वको रुपमा मनाउने गरिन्छ ।

अहिलेको अवस्थामा भने विभिन्न विकृति अन्त्यका साथै भ्रष्टाचार विरुद्ध र हक अधिकार सुनिश्चितताको रुपमा मनाउन थालेको गुरुङले बताए । यो पर्व विशेष गरी कास्की, स्याङ्जा तनहुँ र लम्जुङ लगायतका जिल्लामा मनाइन्छ । पर्व मनाउनका लागि विदेशमा रहेका गुरुङ सामुदायका व्यक्तिहरु समेत बिदामा आउने गर्छन् । पोखराको बगरदेखि विभिन्न झाँकी, कृषि सामग्री, बाजागाजा सहित निकालिएको र्‍याली बागबजार, भैरवटोल, सिदार्थचोक, महेन्द्रपुल हुँदै नयाँबजारस्थित तमु धिं कार्यलयमा पुगेको थियो ।

प्रकाशित : श्रावण २८, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्