कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुस्लिम महिलाले यसरी मनाए बकर ईद

मनोज पौडेल

कपिलवस्तु — इस्लाम धर्मावलम्वीको दोस्रो ठूलो चार्ड बकर ईद सोमबार मनाइदैँछ । बकर ईदका दिन बुर्का लगाएरै मस्जिद पुगेर महिलाहरु नमाज पढे । बालबालिका देखि बुढपाकासम्मले खुसी साटासाट गरे । अंगालोमा बाँधिएर शुभकामना आदानप्रदान गरे । मुस्लिम अन्तरगतको वाहावी सम्प्रदायका महिलाहरुमात्र नमाज पढ्न मस्जिद जान्छन् ।

कपिलवस्तु नगरपालिका–४ छोट्की तौलिहवामा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा ४ सय बढी महिलाले सामूहिक नवाज पढे । महिलाहरुलाई पर्दा लगाएर छुट्टै पढ्ने व्यवस्था गरिएको थियो ।

त्यस्तै कपिलवस्तु–१ बसपार्कस्थित ईदगाहमा अहले सुन्नत सम्प्रदायका मुस्लिमलाई मदरसा नैमुल उलुमका मौलाना अलीहसन नजामीले धार्मिकविधि अनुसार नवाज पढाए ।

ईदको अवसरमा सक्नेले घर–घरमा खसी काटेर खुसीयाली मनाए । सबेरै उठेर स्नान गरी इस्लाम धर्मालम्बी नजिकका ईदगाहमा जम्मा भएका थिए ।

ईदको शुभकामना आदानप्रदान गर्न विभिन्न राजनितीक दलका नेता कार्यकर्ता ईद गाहमै पुगेका थिए । कपिलवस्तु जिल्ला मुलुककै दोस्रो ठूलो मुस्लिम बाहुल्यता भएकाे क्षेत्र हो ।

प्रकाशित : श्रावण २७, २०७६ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्