जनजाति महासंघका उपाध्यक्षसहित १९ आन्दोलनकारी पक्राउ [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — 'आरक्षण बचाऔं आन्दोलन' को अगुवाईमा आइतबार सिंहदरबार घेर्न पुगेका केही आन्दोलनकारीलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको छ । मध्यान्ह सिंहदरबारको पश्चिम गेट भद्रकालीमा धर्ना सहभागीमध्ये १९ जना पक्राउ परेका हुन् ।


प्रकाशित : श्रावण २६, २०७६ १६:१२

भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरी आफूहरुलाई पक्राउ गरेको नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले जानकारी दिए । उनका अनुसार दलित गैसस महासंघ अध्यक्ष भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष कुमार लिङ्देन, लिम्बुवान राष्ट्रिय समिति (समाजवादी पार्टी) का अध्यक्ष खगेन्द्र माखिम, समाजवादी पार्टीका नेता दलमर्दन कामी लगायत पक्राउ परेका छन् । उनीहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ ।

धर्नास्थलबाट पक्राउ परेकालाई छुटाउन माग गर्दै पुलिस क्लब अगाडि नाराबाजी गर्ने केही आन्दोलनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि लोक सेवा आयोगले गरेको विज्ञापन खारेजीको माग गर्दै आदिवासी जनजाति, महिला, दलित र पछाडि परेका समुदायले 'आरक्षण बचाऔं आन्दोलन' नाममा चरणबद्ध आन्दोलनमा छन् । आइतबार सिंहदरबारसहित प्रदेश मुख्यमन्त्री कार्यालयहरू, लोक सेवा कार्यालयहरूमा धर्ना कार्यक्रम राखिएको थियो ।

प्रतिक्रिया
पठाउनुहोस्

मृत चौपायामा एन्थ्रेक्सको जीवाणु भेटियो, अर्नामा सर्न सक्ने खतरा

प्रदीप मेन्याङ्बो

सुनसरी — कोशीटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रका चौपायाहरुमा एन्थ्रेक्सको जीवाणु फेला परेपछि लोपोन्मुख मानिएको अर्नामा पनि सर्न सक्ने खतरा बढेर गएको छ । गत बिहीबार श्रीलंका टप्पुमा मृत फेला परेका करिब चार दर्जन गाईगोरुका रगतको नमूना परीक्षण गर्दा एन्थ्रेक्स जीवाणु फेला परेपछि अर्ना लगायत आरक्ष क्षेत्रका जंगली जनावरहरुमा पनि सर्ने खतरा बढेर गएको हो ।

कोशी टप्पु वन्यजन्तु आरक्षका अर्ना । मध्यवर्ती क्षेत्रमा चारदिनअघि मृत फेला परेका ४४ चौपायामा एन्थ्रेक्सको जीवाणु फेला परेपछि अर्नामा सर्न सक्ने खतरा बढेर गएको छ । तस्बिरः प्रदीप मेन्याङ्बो/कान्तिपुर

बराहक्षेत्र नगरपालिका ९ र ६ मा ती चौपायाहरु मृत फेला परेका थिए। यसको संक्रमणले मरेका श्रीलंका टप्पुका चौपायाहरुका नाक, कान, आँखा, मुख, मलद्वारबाट रक्तश्राव भएको देखिएको थियो।

एन्थ्रेक्स विरुद्धको भ्याक्सिन लगाउन ढिला गरे आरक्षमा रहेका अर्नासहित अन्य वन्यजन्तुहरुलाई बचाउन नसकिने विज्ञहरुले बताएका छन्। सुनसरीको इनरुवास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु चिकित्सक डा.मनोजकुमार महतोले एन्थ्रेक्सको ‘स्वाइल बर्न डिजिज’ गराउने जीवाणु फेला परेको बताए। उनले भने,‘एन्थ्रेक्सको जीवाणु हावा, पानी, माटो र चौपाया चरिचरण गरेका क्षेत्रबाट अन्य चौपाया र मानिसमा समेत सहजै सर्न सक्छ।’ उनले यो जीवाणुबाट चौपाया बचाउनका लागि आरक्षभित्र रहेका सबै पशुमा तत्कालै भ्याक्सिन लगाउनु जरुरी रहेको बताए।

उनले यसबारे सम्बन्धित सबै निकायहरुलाई जानकारी दिइसकेको बताउँदै एन्थ्रेक्स विरुद्धको भ्याक्सिन तत्काल पठाउन माग गरिएको बताए। उनले यो उत्पत्तिमूलक रोग ‘जेनेटिक डिजिज’ भएकाले यसको जीवाणु पशुबाट पशु र मानिसमा समेत सर्न सक्ने भएकाले भ्याक्सिन लगाएर सावधानी अपनाउनु पर्ने बताए।

एन्थ्रेक्सको जीवाणु आरक्षमा एक्कासि कसरी आएको भन्ने विषय अनुसन्धानको विषय भएको उनले बताए। पशु विज्ञहरुका अनुसार एन्थ्रेक्सको जीवाणु माटोमा कम्तीमा २० वर्षसम्म बाँच्न सक्छ।

आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले जीवाणु नियन्त्रण गर्न र आरक्षका जीवजन्तुमा एन्थ्रेक्स विरुद्धको खोप लगाउन चुनौतीपूर्ण रहेकाले आवश्यकता अनुरूप दक्ष जनशक्ति परिचालन गर्ने तयारी भइरहेको बताए। आइतबार दिउँसो पुनः स्थलगत अवलोकन गर्न पुगेका उनले भने, ‘चारदिन यता अरू चौपाया मृत फेला परेको देखिएको छैन। थप अनुन्सन्धान गर्दैछौँ। एन्थ्रेक्सको जीवाणु मार्नका लागि चरन क्षेत्रमा डढेलो लगाउने, फर्मालिन औषधी र चुना छर्ने काम गर्ने या अरू के विकल्प हुनसक्छ समन्वय गर्दै छौँ।’

आरक्षमा ४ सय ५० वटा अर्ना रहेको उनलेबताए ।तर आरक्षमा छाडा छाडिएका गाईवस्तु र अर्ध जंगली चौपायाको संख्या करिब १० हजार छन्।

के हो एन्थ्रेक्स र कसरी सर्छ?

एन्थ्रेक्स प्राण घातक जीवाणु हो। यसलाई पड्के पनि भनिन्छ। विशेषगरी घाँस खाने जीवजन्तुको रोग भए पनि तिनै जीवजन्तुबाट मानिसकमा पनि सहजै सर्छ। यसको जीवाणु घाँसको माध्यमबाट शरीरमा प्रवेश गरेपछि रगतको माध्यमहुदै शरीरभरि फैलिने गर्छ। शरीरमा फैएिको १२ देखि ४८ घण्टाभित्र संक्रमितको मृत्यु हुन्छ। एन्थ्रेक्सको संक्रमणपछि विना लक्षण जनावरमा उच्च ज्वरो आउने र हृदयघात हुने र एक्कासि मृत्यु हुने डा. महतोले बताए।

उनले भने, ‘पूर्वलक्षण विरलै देखापर्ने भएकाले चौपाया मरेपछि मात्र नाक, मुख, कान र मलद्वारबाट रगत निस्किने गर्छ।’ एन्थ्रेक्सविरुद्ध प्रतिजैविक खोप लगाउनु एकमात्र विकल्प रहेको छ।

पशु चिकित्सकका अनुसार झारपात वा घाँसको तल्लो भागसम्म खाने पशु तथा जनावरमा जीवाणुको संक्रमण चाडै फैलिने सम्भावना प्रबल रहन्छ। यसको जीवाणु संक्रमणबाट मरेका जनावर छुँदा, नजिकैबाट श्वास प्रश्वास लिँदा, घाउखटिरा भएकाहरूमा हावा र पानीको माध्यमबाट र संक्रमित क्षेत्रको सागपात तथा फलफुल तरकारी राम्ररी नपखाली खादा मानिसको शरीरमा सर्न सक्ने विज्ञहरु बताउँछन्।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : श्रावण २६, २०७६ १४:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्