साताका उत्कृष्ट ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — साउनको अन्त्यतिर मनसुन केही सुस्ताएको छ । काठमाडौं उपत्यकाका सडकमा परेका खाल्डैखाल्डाले सवारी दुर्घटनाको जोखिम बढाइरहेको छ भने अर्कोतिर चालक-सहचालकले हैरानी ब्यहोर्दै आएका छन् । यस साता ईकान्तिपुर डटकममा वाग्मती करिडोरअन्तर्गत पशुपतिस्थित गुहेश्वरी सडक खण्डको खाल्डोमा फसेको माइक्रोको तस्बिरले प्राथमिकता पायो । त्यस्तै पर्यटकीय क्षेत्र स्वयम्भू, चोभारको गुम्बा क्षेत्र र चन्द्रागिरीबाट देखिएको काठमाडौं उपत्यकाको तस्बिरहरु पनि छापिए । यस्तै विश्व आदिवासी दिवसमा सहभागी र पाटन दरबार क्षेत्रमा पर्यटक रमिरहेका पर्यटक लगायतका तस्बिर पनि यस साता कान्तिपुरमा प्राथमिकताका साथ प्रकाशित भएका छन् ।

२५ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौं भृकुटीमण्डपबाट निकालिएको र्‍यालीमा सांस्कृतिक भेषभुषामा सहभागी बालिका । तस्बिर : केशव थापा

चन्द्रागिरिडाँडाबाट देखिएको काठमाडौं उपत्यका । तस्बिर : कविन अधिकारी

लोक सेवा आयोगको विरुद्धमा निकालिएको मौन जुलुसमा उपस्थित महिला । तस्बिर : सन्जोग मानन्धर

स्वयम्भू स्तुपामा रंग भर्दै । तस्बिर : केशव थापा

काठमाडौंको चोभारमा रहेको गुम्बा माथि देखिएको बादल । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

ललितपुरको पाटन दरबार स्क्वायरमा बिहीबार फोटो खिच्दै पर्यटक । सरकारले आउँदो सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष मनाउँदैछ । तस्बिर : हेमन्त श्रेष्ठ

प्रकाशित : श्रावण २५, २०७६ २०:२३
प्रतिक्रिया
पठाउनुहोस्