कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

त्रिशूली बस दुर्घटना : उद्धारका तस्बिरहरु 

हरिहरसिंह राठौर

धादिङ — सर्लाही सदरमुकाम मलंगवाबाट ४५ यात्रु लिएर काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ । १६ जना घाइते छन् भने २६ जना बेपत्ता छन् ।

मृतकमध्ये सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै सनाखत हुन सकेको छ । मुग्लिन, जुगेडीमा एउटा, कृष्णभीरमा एउटा र तनहुँको देवघाट, गोरखातर्फको किनारमा थप २ शव फेला परे पनि सोही बसका यात्रु भए/नभएको यकिन नभएको प्रहरीले जनाएको छ । फेला परेका ५ शवको सनाखत हुन नसकेको घटनास्थलमै पुगेका धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेयले बताए ।

ना६ख ७४६९ नम्बरको सृष्टि डिलक्स शुक्रबार बिहान साढे ३ बजे दुर्घटनामा परेको हो । बसमा मलङ्गवाबाट ४०, सर्लाहीको हरिपुर नगरपालिकाबाट दुई यात्रु चढेको र बसका तीन कर्मचारी रहेको जिल्ला प्रहरी सर्लाहीले जानकारी दिएको थियो । घाइतेका अनुसार सर्लाहीको हरिवनसम्म सवारी धनी आफैंले बस चलाएर हरिवनकै पेट्रोलपम्पमा तेल हालेपछि भने चालक जीवन विकले चलाएका थिए ।


प्रकाशित : श्रावण २४, २०७६ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्