१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

यसरी नियन्त्रणमा लिइयो सुबिसु कार्यालयमा लागेको आगो

तस्बिरः कविन अधिकारी

काठमाडौँ — बालुवाटारस्थित इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको कार्यालयमा बुधबार मध्यान्ह लागेको आगो नियन्त्रणमा लिइएको छ । बुधबार मध्यान्ह उक्त कार्यालयमा रहेको जेनेरेटरबाट आगो सल्किएको थियो । सुबिसुका सञ्चालक सुधीर पराजुलीका अनुसार आगलागीले बालुवाटार वरपरको इन्टरनेट सेवा बन्द भएको छ भने अन्य ठाउँमा भने सुचारु भइसकेको छ ।

पराजुलीले भने, '७० प्रतिशत ठाउँमा इन्टरनेट चलिसकेको छ । बालुवाटारबाटै लाइन जोडिएको ठाउँमा भने भोलि बिहानसम्म सुचारु हुन्छ ।' उनले अहिले टिभी सेवा भन्द बन्द भएको बताए । उनका अनुसार टिभी पनि भोलि बिहानसम्ममा सुचारु हुन्छ । सुबिसुले क्लियर टिभी नामको सेवा दिँदै आएको छ ।

पराजुलीले क्षतिको विवरण भने भन्न नसक्ने अवस्थामा रहेको बताए । अहिले सुरक्षाकर्मीले आफूहरुलाई भित्र जान नदिएकोले कहाँकहाँ, कति क्षति भएको छ भन्न नसकिने उनले बताए ।

प्रकाशित : श्रावण २२, २०७६ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्