२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जलमग्न महेन्द्रनगर

भवानी भट्ट

कञ्चनपुर — सोमबार राति देखिको वर्षाका कारण कञ्चनपुर सदरमुमकाम महेन्द्रनगर तथा आसपासका क्षेत्रहरु जलमग्न बनेका छन् । भीमदत्त नगरपालिका–१८, ४ र ६ का बस्तीहरु डुबानमा परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार महेन्द्रनगरको पुष्पलालचोक, जानकी टोल, सब्जीमण्डी क्षेत्र र ऐठपुर क्षेत्र सामान्य डुबानमा परेका छन् ।


उक्त क्षेत्रका कतिपय घरभित्र समेत पानी पसेको छ । यसैगरी भीमदत्त–१० तिलकेनीमा एक दर्जन घरभित्र पानी पसेको छ । चुरेबाट बग्ने खहरे खोलाको पानी बस्तीतिर पसेर घरभित्रै भरिएको हो ।


बजार क्षेत्र जलमग्न भएपछि केही विद्यालयका परीक्षा पनि स्थगित गरिएको छ ।


सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पनि वर्षा भइरहेकाले महाकाली नदीमा समेत बाढी आएको छ । मंगलबार बिहानको मापन अनुसार महाकाली नदीमा पानीको वहाव १ लाख १३ हजार क्युसेक पुगेको छ ।


पानीको वहाव बढेपछि बनबसा पुलमा चार पांग्रे सवारी साधन आवागमन बन्द गरिएको छ । नदीमा १ लाख क्यूसेक पानी नाघ्ने वित्तिकै पुल बन्द गरिदै आएको छ ।

प्रकाशित : श्रावण २१, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्