कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

यसरी मनाइँदै छ गुरही (तस्बिहरु)

शब्ढ/तस्विर: ठाकुरसिंह थारु

नेपालगन्ज — मुलुकभरी नागपञ्चमी मनाइरहँदा पश्चिम तराईका थारु समुदायले सोमबार साँझ गुरही पर्व मनाई रहेका छन् । उनीहरुले नाचगान गर्दै पर्व मनाएका हुन । थालभरी (गुरही) कपडाले बनाइएका पुतली र युवाहरुको हातमा लठ्ठी र (बनकास) बाबियोको कोर्रा लिएर तयारी अवस्थामा रहे । महिलाहरुले गुरही उडाए । युवाहरुले लठ्ठी र कोर्राले पिटे । गुरही असराएलगत्तै घुघरीको प्रसाद सबैले खाए । महिलाहरु रामाउँदै घर फर्किए । रोपाई सकिएपछि यो पर्व मनाइने छ । यसलाई वर्षभरीको पहिलो पर्वका रुपमा मनाइन्छ । बालीनालीमा किरा नलगोस् भनेर नै गुरही पिटिन्छ ।

प्रकाशित : श्रावण २०, २०७६ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्