कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

‘जहाँ जीवित नागकै पूजा गरिन्छ’ [तस्बिरहरु]

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको सदरमुकाम तौलिहवास्थित प्रसिद्ध तौलेश्वरनाथ महादेव मन्दिरमा सोमबार नाग देवताको धार्मिक विधिपूर्वक पुजाआजा गरी नागपञ्चमी मनाइएको छ । नागपञ्चमीका दिन मन्दिर परिसरमा सर्पलाई दुध, लावा, चना, अक्षता, अविर, चन्दन र फुल चढाएर पुजाआजा गरिएको थियो ।

नागपञ्चमीका दिन सर्पको पुजाआजा गरेमा वर्षेभरी नाग–सर्पको डसाइँबाट जोगिने र घर परिवार सुरक्षित रहने धार्मिक जनविश्वास छ । त्यहाँ बिहानैदेखि अबेर दिउँसोसम्म पुजाआजा गर्नेको भीड लाग्ने गर्छ । जिल्लाका विभिन्न ठाउँबाट ४ सपेराहरुले ५ वटा गोमन सर्प लिएर आएका छन् ।

श्रद्धालुले गच्छे अनुसार सर्पलाई पुजाआजा गरी नगद पनि चढाएका थिए । युवा युवतीले घाँटीमा सर्प बेरेर पनि फोटो खिचाएका थिए । 

प्रकाशित : श्रावण २०, २०७६ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्