यसरी डुब्यो सप्तरीको तिलाठी गाउँ [तस्बिरहरु]

अवधेशकुमार झा

राजविराज — सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका डुबानमा परेको छ । अविरल वर्षापछि खाडो खोलामा आएको बाढीले गाउँ डुबेको हो । डुबानबाट बच्न स्थानीय सुरक्षित स्थानको खोजीमा लागेका छन् ।स्थानीय प्रशासनका अनुसार २ हजार ५ सय परिवार डुबान परेका छन् । गाउँपालिकाकाो करिब ६५ प्रतिशत भूभाग डुबानमा परेको छ ।


प्रकाशित : श्रावण ८, २०७६ १८:००

प्रतिक्रिया
पठाउनुहोस्

मोबाइल बैंकिङ प्रयोग गर्ने ७० लाख पुगे

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ७० लाख पुगेको राष्ट्र बैंकले जनाएको छ । यो चैत मसान्तसम्मको तथ्यांक हो । नेपालभर कूल ३ हजार १ सय ८८ एटीएम मेसिन रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

यस्तै, इन्टरनेट बैंकिङ प्रयोग गर्नेको संख्या ८ लाख ९३ हजार रहेको तथ्यांक छ ।

नेपालमा ८१ हजारले डेबिट कार्ड र १ लाख १२ हजारले क्रेडिट कार्ड प्रयोग गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

गभर्नर चिरञ्जिवी नेपालले बुधबार सार्वजनिक गरेको मौद्रिक नीतिमा डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने गरी नीति बनाउने घोषणा गरिएको छ ।

प्रकाशित : श्रावण ८, २०७६ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्