१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

साउनकाे पहिलाे सोमबार, पशुपतिमा भीड

तस्बिर : इलिट जोशी

काठमाडौँ — साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा गर्छन् । देशभरका शिवका मन्दिरहरुमा सोमबार भीड लाग्ने गर्छ । पशुपति मन्दिर भने साउनको सोमबार विशेष हुने गर्छ । यो वर्ष साउनको पहिलो सोमबार पशुपतिमा पूजा गर्न आउनेको यस्तै भीड लागेको छ । साउनको हरेक सोमबार भगवान शिवको आराधना एवम् व्रत गर्नाले मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबारमा शिवलाई शुद्ध जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता छ । विशेष गरी महिलाहरु हरियो पहिरनमा चुरा र मेहंदी लगाएर भगवान शिवको पुजा आराधना गर्दै व्रत बस्ने गर्छन् ।

प्रकाशित : श्रावण ६, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्