साताका ७ उत्कृष्ट तस्बिर
काठमाडौँ — यस साता कान्तिपुर डेली डटकममा मनसुनबाट प्रभावित जनजीवनको तस्बिरहरुले प्राथमिकता पाएका छन् । त्रिशूली नदीबाट बालुवा झिक्दै गरेको, जोखिम मोलेर पुल तर्दै गरेका तस्बिरहरु रुचाइए । काठमाडौं उपत्यकाबाहिर मात्रै होइन, भित्रका विभिन्न ठाउँमा डुबानको अवस्था आउँदा जनजीवन अस्तव्यस्त बन्यो ।त्यस्तै हिलोमा फसेको सवारी साधन निकाल्नुको हैरानीको तस्बिर पनि पाठकले मन पाएका छन् ।
भक्तपुर बोडेस्थित मनोहर खोलामा बनाइएको अस्थायी पुलमा जोखिम मोलेर बच्चा बोकेर तर्दै महिला । तस्बिरः अनिश रेग्मी
काठमाडौंको रातो पूल र सेतो पूलमा रयको बागमती करीरोडमा फलामको पूलमा वैलिङ गर्दै एक कामदार । करीरोडको बिच भागमा पकीपूल नहुदा आस्थाइ फलामको पूल राखन लागिएको हो । तस्बिर: कबिन अधिकारी
पशुपतिस्थित हृयुम पाइपमा आराम गर्दै सोनल पासवान, उनकी श्रीमती र बच्चाहरु । तस्बिरः कबिन अधिकारी
बागमती करीडोर अन्तर्गत टेकुपुल तल जमेको पानीबाट बाटो तर्ने क्रममा फसेको स्कुटर निकाल्ने प्रयास गर्दै चालकहरु । तस्बिरः अंगद ढकाल
धानखेतमा माकुराले बनाएको जालो । तस्बिरः अनिश रेग्मी
ललितपुर सानो खोकनास्थित हिलो बाटोमा फासेको ट्याक्सी निकाल्ने प्रयास गर्दै चालक र स्थानीयहरु । तस्बिर सन्जोग मानन्धर