२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

साताका ७ उत्कृष्ट तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — गतसाता प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्नका लागि हिलोमा ओछ्याइएको रातो कार्पेटको तस्बिरको धेरै चर्चा भयो । साताभर बाढी,डुबान तथा पहिरोका तस्बिरहरुले प्राथमिकता पाए । त्रिभुवन विमानस्थलमा शुक्रबार बिहान नेपालगन्जबाट यात्रु लिएर आएको यति एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको तस्बिरमा पनि रुचाइयो । साताभर बाढी पहिरोकै तस्बिरहरुले चर्चा बटुले ।

कलंकीमा आफ्नो नानीलाई पिठ्युमा बोकेर डुबान क्षेत्रबाट निस्किने प्रयास गर्दै एक बुवा । लगातारको वर्षाका कारण उपत्याकाको तीन वटै जिल्ला प्रभावित बनेका छन् । तस्बिरः सन्जोग मानन्धर

अविरल वर्षाका कारण कंलकीको ट्राफिक प्रभाग परिसरमा डुबानमा परेको माइक्रो बस र बाइकहरु । तस्बिर: बिजु महर्जन

पानी रोकिएपछि देखिएको किर्तिपुरको दृश्य । तस्बिरः केशव थापा

राजधानीको बानेश्वरमा छाता ओढेर गन्तव्यतिर जादै यात्रु । अहिले मुलुकभर मनसुन सक्रिय रहेको छ । तस्बिरः अंगद ढकाल

भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । सामान्य ढल निकास राम्रो नहुँदा बर्षादको समयमा सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ । तस्बिरः प्रकाशचन्द्र तिम्सिना ।

शुक्रबार बिहान नेपालगन्जबाट यात्रु लिएर आएको यति एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । तस्बिर अंगद ढकाल । कान्तिपुर

प्रकाशित : असार २९, २०७६ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्