रौतहटमा पानीको बहाव कम हुँदै, दिनचर्या सामान्य अवस्थामा फर्कँदै

शब्द तथा तस्बिर : शिव पुरी

गौर — लगातारको वर्षापछि वाग्मती र लालबकैया नदीमा आएको बाढी बस्तीमा पस्दा सदरमुकाम लगायतको जनजीवन अस्तब्यस्त भएको छ । अहिले गौरको डुबान कम हुँदै गएको छ । मानिसहरु घरबाट बाहिर निस्कन थालेका छन् । केही पसलहरु खुलेका छन् । अधिकांश व्यापारीको पसल डुबानमा परेर क्षति पुगेको छ । जनजीवन विस्तारै सामान्य बन्दै छ । रौतहटमा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने २ बेपत्ता छन्  ।

मृत्यु हुनेहरुमा यमुनामाई गाउँपालिकाकी गायत्री देवी, ईशनाथ नगरपालिकाका हरेन्द्र राय, दुर्गा भगवती गाउँपालिकाका वीरेन्द्र झा, गौर नगरपालिकाका शिव मंगल् राउत, उमेश राउत रहेका छन् । बाढीका कारण गढिमाई नगरपालिकाका आनन्दी देवी र ईशनाथ नगरपालिकाका रामपुकार बेपत्ता छन् ।

जिल्लाको विभिन्न स्थानीय तहका ३० हजार घरमा बाढीले क्षति पुर्‍याएको तथ्यांक छ । ३० हजार विस्थापित भएका छन् । विस्थापित सबैलाई सामुदायिक भवन, विद्यालायलगायत अग्लो र बाढी नपसेको ठाउँमा राखिएको छ ।


प्रकाशित : असार २९, २०७६ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्