१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बल्खुकाे वितण्डा हेर्नुहोस् २५ तस्बिरमा

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — लगातार वर्षाका कारण उपत्यकाका तीनै जिल्लाका खोला आसपासका क्षेत्र डुबानमा परेका छन् । काठमाडौंको कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर निकाल्न जाने क्रममा बाढीले बगाउँदा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मनमतीको बाढी बल्खुको बस्तीमा पसेको छ भने कलंकीस्थित मालपोत र ट्राफिक प्रहरीको कार्यालय डुबानमा परेका छन् ।

वर्षापछि आएको पहिरोले पुरिएर काठमाडौं र ललितपुरमा ४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानी बाबाचोकस्थित अस्थायी टहरामा बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नीतु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको हो । अस्थायी टहरामा बस्दै आएका उनीहरूलाई सँगैको घरको पर्खाल ढलेर पुरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २७, २०७६ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्