१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मनसुनको उत्कर्ष

शब्द/तस्बिर : जितेन्द्र साह

विराटनगर — महानगर विराटनगरमा बुधबार बिहान करिब छ बजेदेखि दुई घण्टा मुसलधारे वर्षा भयो । यो वर्ष मनसुन सुरु भए यता यति धेरै पानी परेको पहिलो पटक हो । त्यसपछि पनि झरी रोकिएन ।

थप दुई घण्टा यस्तै पानी परेको खण्डमा महानगरको धेरै क्षेत्र डुबानमा पर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर महानगरपालिका कार्यालय, प्रहरी र प्रशासन तयारी अवस्थामा बसेको देखियो । तर, १० बजेको सेरोफेरोमा वर्षा थामिएपछि सबैले राहत महसुस गरे ।

यहाँ आइतबार साँझदेखि मनसुनले लय समातेको छ । रोकिइरोकिइ पानी परिरहेको छ । झमीझमी पानी परिरहँदा यो महानगरमा दुई खाले दृश्य देखिन्छ । सडक, नाला एवं ढल बनिसकेको क्षेत्रमा आवागमन सहज र पूर्वाधार निर्माण जारी रहेको थलोहरुमा ओहोरदोहोरमा सकस हुन्छ ।

सडक निर्माण चलिरहेको स्थानीय देवकोटा चोकदेखि हस्पिटल चोकसम्म भेल नै बगेको देख्छौं । घरपसल अगाडि घुँडासम्म पानी जमेको हुन्छ । बच्चाहरु जमेको वर्षाको पानीमा रमाइरहेका भेटिन्छन् । यो हिलाम्य एवं जलमग्न मार्गमा राष्ट्र बैंकको कार्यालय, जिल्ला समन्वय समिति, प्रदेश सचिवालय र महत्वपूर्ण अस्पतालहरु छन् ।

प्रकाशित : असार २५, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्