कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

हिलोमाथिको 'रेड कार्पेट' मा प्रधानमन्त्री

तस्बिर : इलिट जोशी

काठमाडौँ — बुधबार त्रिभुवन विश्वविद्यालयले आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सह-कुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्रीले नवनिर्मित उपकुलपति कार्यालयको भवन र मन्दिरको उद्घाटन गरे । हिजोदेखि परेको पानीले उद्घाटन गर्न जाने ठाउँसम्म हिलाम्य थियो । त्यही हिलो माथि रातो कार्पेट ओच्छ्याइएको थियो । प्रधानमन्त्री ओली त्यही कार्पेट हुँदै उद्घाटनस्थल पुगे ।

प्रकाशित : असार २५, २०७६ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्