१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तरकारीको माला लगाएर सरकारको विरोध [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतबाट आयातित तरकारी तथा फलफूलमा हुँदै आएको विषादी परीक्षण सरकारले स्थगन गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलन थालेको छ । जनतालाई विषादीयुक्त आयातित तरकारी र फलफूल खान बाध्य पारिएको भन्दै नेविसंघले आइतबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

नेविसंघ सम्बद्ध विद्यार्थीहरुले प्रदर्शनीमार्गस्थित वाल्मीकि क्याम्पस अगाडि प्रदर्शन गरे । प्रदर्शनमा सहभागीले गोलभेँडा, लौका, बोडी गलामा झुन्ड्याएका थिए भने विभिन्न नारा लेखिएका प्लेकार्ड, व्यानर बोकेका थिए । सरकारले प्रयोगशाला अभाव देखाउँदै विषादी परीक्षण कार्य थालनी भएको दुई सातामै बन्द गराएको छ । सरकारको निर्णयपछि विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ ।


प्रकाशित : असार २२, २०७६ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्