कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हेर्नुहोस्, साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर डेली डटकममा यो साता असार धान दिवस, विकास निर्माण र सामाजिक विषयका तस्बिरहरुले प्राथमिकता पाए । धादिङमा आयोजना गरिएको रोपाई महोत्सवमा एक अर्कालाई हिलो छ्यापी रामाउदै गरेको तस्बिर धेरै रुचाइयो । पाटन क्षेत्रमा बन्दै गरेको घरका सिमेन्ट ओसारेको ,निजगढ द्रूतमार्गमा पहाड खन्दै गरेका डोजरहरुको तस्बिरले पनि स्थान पाए भने सुन्धारामा जगन्नाथ रथ यात्राको अवसरमा भगवान कृष्ण र राधाको भेषमा सज्जिएका युवतीहरुको तस्बिरले पनि चर्चा पाए । पेप्सीकोलामा शुक्रबार वितरण गरेको पानी थाप्न पालो कुर्दै गरेका सर्वसाधारणहरुको तस्बिर पनि रुचाइयो ।

गर्मी छल्न भक्तपुर मुहान पोखरीस्थित झरनामा रमाउदै युवती । गर्मी बढेसँगै काठमाडौं उपत्यकाका काठ क्षेत्रमा रहेका झरनाहरुमा गएर रमाउने युवा युवतीहरुको संख्या उल्लेखनिय रहेको छ । तस्बिरः अंगद ढकाल ।

काठमाडौंको कालिमाटी तरकारी बजारमा बिहान भारी बोकेर डोकोमा टाउको राखेर सुस्ताउदै एक भरीया । तस्बिरः कबिन अधिकारी

पाटन क्षेत्रमा बन्दै गरेका घरका सिमेन्ट ओसार्दै गीता राई सुनुवार । उनले दैनिक ७०० देखि ८०० सय आम्दानी गर्ने बताईन् । तस्बिर: अनिश रेग्मी

मकवानपुरको भिमफेदी स्थित काठमाडौं निजगढ द्रुतमार्गमा पहाड खन्दै गरेका डोजरहरु । तस्बिरः अनिश रेग्मी

राजाधानीको सुन्धारामा जगन्नाथ रथ यात्राको अवसरमा भगवान कृष्ण र राधाको भेषमा सज्जिएका युवतीहरु । तस्बिरः सन्जोग मानन्धर

बरुण वेभरेज कम्पनीले पेप्सीकोलामा शुक्रबार वितरण गरेको पानी थाप्न पालो कुर्दै सर्वसाधारणहरु । सुख्खा मौसममा उपत्यकामा पानीको चरम अभाव हुने गरेको छ । तस्बिरः हेमन्त श्रेष्ठ


प्रकाशित : असार २१, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्