रोपाइँको रौनक [तस्बिरहरु]

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

ललितपुर — रोपाइँ दिवसको सन्दर्भमा कान्तिपुर पब्लिकेसन्स्‌ले शनिबार ललितपुरमा एक कार्यक्रम गरेको छ । गोदावरी भिजेज रिसोर्ट नजिकै भएको ‘मड फेस्ट’मा राष्ट्रिय कलाकारहरुका साथ स्थानीय युवा युवती खेतमा रोपाइँ गर्दै आपसमा हिलो खेल्दै रमेका थिए । कुटुम्भ र ज्योभन भुजुको लाइभ प्रस्तुति रहेको कार्यक्रममा मड फुटबल, डोरी तानातानजस्ता खेलसमेत भए । संगीतमय वातावरणमा हिलो छ्यापाछ्याप गर्दै रोपाइँ गर्दा बेग्लै माहोल बनेको थियो । पब्लिकेसन्स्‌ले विगत वर्षहरुझैं रोपाइँ पर्वलाई विशेष मनाउन कार्यक्रमलाई निरन्तरता दिएको हो ।

प्रकाशित : असार १४, २०७६ २०:३७

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

भारतमा पर्खाल भत्किँदा १५ व्यक्तिको मृत्यु

रासस/एएफपी

काठमाडौँ — पश्चिम भारतमा रहेको एक अपार्टमेन्ट भवनको पर्खाल भत्किदाँ कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा चार बालबालिकासहित १५ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

निमार्णाधीन काममा सलग्न रहेका कामदार सुतिरहेको स्थानमा यो पर्खाल भत्किाँदा १५ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा घाइते भएका दुई व्यक्तिको अस्पतालमा उपचार भइरहेको स्थानीय प्रहरी अधिकारीले एएफपी समाचार समितिलाई जानकारी दिएको छ ।

भारी वर्षाको कारण कमजोर भएको पर्खाल भत्किएको सो भग्नावशेषमा जीवितै व्यक्ति छ कि भनेर खोजी कार्य भइरहेको जनाइएको छ ।

प्रकाशित : असार १४, २०७६ २०:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×