प्रधानमन्त्रीले गरे वृक्षारोपण अभियानकाे शुभारम्भ

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — सरकारले शनिबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको काेटेश्वरमा वृक्षारोपण गरेर अभियानको सुरुवात गरेका छन् ।

प्रकाशित : असार १४, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्

लेदोले गल्छीमा फेरि राजमार्ग ठप्प

हरिहरसिंह राठौर

धादिङ — वर्षाले बगाएर ल्याएको बालुवा र लेदोका कारण शनिबार पृथ्वी राजमार्ग अन्तर्गत धादिङकाे गल्छी–बैरेनीमा सडकखण्ड ठप्प भएको छ । गल्छीको गर्दुखोलादेखि बैरेनीको महेशदोभानसम्म करिब डेढ किलोमिटर बालुवा र लेदो भरिएकाे छ ।

गत शुक्रबार पनि लेदोका कारण ११ घण्टा राजमार्ग अवरुद्ध भएकाे थियाे । स्थानीय बालुवा व्यापारीले डोजर प्रयोग गरि बालुवा झिके पछि राजमार्ग संचालनमा आएको थियो ।

शनिबार पनि गल्छी गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठको बालुवाखानी हुँदै आएको लेदो र रातोमाटोले बैरेनी महेशदोभान खोला पूरै भरिएको छ ।

राजमार्ग बिहानै देखि जाम भएको छ । लेदो हटाउने प्रयास भैरहेको बैरेनीस्थित प्रहरी चौकी इन्चार्ज सई जनक बस्नेतले बताए ।


प्रकाशित : असार १४, २०७६ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×