बन्द भन्ने थाहा नपाएपछि विद्यालय पुगे विद्यार्थी [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — आफ्ना कार्यकर्ता मारिएकाे विराेधमा नेत्रविक्रम चन्द चन्द समूहले आव्हान गरेकाे बन्दका कारण म‌ंगलबार उपत्यकका सबैजसाे विद्यालय बन्द रहे । कतिपय विद्यालयले साेमबार राति र मंगलबार बिहानै आज कक्षा संचालन नहुने सूचना पठाएका थिए । बन्दकाे जानकारी नभएका कतिपय विद्यार्थीहरु बिहानै विद्यालय हिँडेका थिए । बन्दका कारण विद्यालय नखुलेपछि उनीहरु रित्तै फर्किए ।


प्रकाशित : असार १०, २०७६ ११:२१

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गुठी विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन, प्रहरीले बल प्रयोग गरेपछि केही प्रदर्शनकारी घाइते 

तस्बिर : कविन अधिकारी

काठमाडौँ — सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको विरुद्ध काठमाडौंको माइतीघरमा भइरहेको विरोध प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीबीच झडप भएको छ । उक्त विरोध कार्यक्रममा काठमाडौं‌ उपत्यकामा रहेका विभिन्न प्राचिन गुठीका गुठियारहरुको सहभागिता थियो ।

प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको छ। प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका छन्।

गुठी सम्बन्धी संशोधन विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने विज्ञहरूको चेतावनी दिएका छन्। विधेयक संविधानविपरीत भएकाले खारेज गर्न उनीहरूको माग छ।

मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन्। परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वैशाख १६ गते संघीय संसद्मा दर्ता गराएको विधेयकमा गुठी संस्थान खारेज गरी गुठी प्राधिकरण बनाउने व्यवस्था छ।

प्रकाशित : जेष्ठ २६, २०७६ १३:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT