२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

याे साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तपिुर डेली डटकममा गुठी विधेयकको विरोधमा भएको प्रदर्शन र गर्मी बढेका सम्बन्धित तस्बिरहरुले प्राथमकिता पाएका छन् । गुठी विधेयकको विराेधमा काठमाडौंको माइतीघरमा भएको बृहत प्रदर्शन, गर्मी छल्न मनोहरा खोला र बागभैरव पोखरीमा नुहाउँदै गरेका बालबालिकाको तस्बिर, संसद्‌मा प्रधानमन्त्रीको सम्बोधनका क्रममा प्रतिपक्षी दल कांग्रेसले गरेको अवरोधले चर्चा पाएको छ ।

भक्तपुर र काठमाडौंको सिमानामा पर्ने मनोहरा खोलामा नुहाउँदै बालबालिकाहरु । तस्बिर : कबिन अधिकारी

बिहार भारतका गुड्डुकुमार सानेपास्थित फ्याक्ट्रीमा फलाम काट्दै । उनी करिब २ वर्षदेखि नेपाल आएर काम गर्दैछन् । तस्बिर : अनिश रेग्मी

गर्मी छल्न किर्तिपुरको बागभैरवस्थित पोखरीमा नुहाउँदै बालक । तस्बिर : इलिट जोशी

प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला सम्बोधन गर्ने कि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा बोल्ने भन्ने विषयमा विवाद भएपछि मंगलबार बिहानको संसद बैठक स्थगित भएको थियो । सामान्यतया प्रधानमन्त्रीले बोल्नका लागि समय माग गरेपछि उनलाई नै मात्र बोल्न दिने यसअघिको संसदीय अभ्यासलाई नै सभामुखले लागू गर्न खोजेपछि कांग्रेसका सांसद रोस्टम नै घेर्न पुगेका थिए । तस्बिर : इलिट जोशी

छाता ओढेर बालकुमारीस्थित रहेको झोलुङे पुल तर्दै । तस्बिर : अनिश रेग्मी

नेपाल पुलिसका खेलाडी (पहेलो जर्सी) विपक्षी खेलाडीलाई रोक्ने प्रयास गर्दै । तस्बिर : हेमन्त श्रेष्ठ


प्रकाशित : असार ७, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्