यसरी मनाइयाे याेग दिवस

तस्बिर : केशव थापा

काठमाडौँ — पाँचाैं अन्तरराष्ट्रिय याेग दिवसका अवसरमा शुक्रबार राजधानीमा विभिन्न संस्थाहरुले याेग अभ्यास आयाेजना गरेका छन् ।पतञ्जली याेग समितिले टुँडिखेलमा र द आर्ट अफ लिभिङले श‌ंखमूलकाे याेगापार्कमा आयाेजना गरेकाे याेग दिवसका तस्बिरहरु :


प्रकाशित : असार ६, २०७६ ०९:२४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गोरखा लैजाँदै गरेका ४१ चेपाङ बालबालिकाकाे उद्धार

रमेशकुमार पौडेल

चितवन — विकट पहाडी क्षेत्र राप्ती नगरपालिका–१३ का ४१ जना चेपाङ बालबालिकाहरुलाई बिहीबार दिउँसो चितवन प्रहरीले भरतपुरबाट उद्धार गरेको छ । 

उनीहरुलाई दुईवटा गाडीमा राखेर गोरखा लैजाँदै गरेको अवस्थामा उद्धार गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले बताए । स्कुल पढाउन भनेर गाउँबाट ल्याए पनि कुनै प्रक्रिया नपुर्‍याएको मल्लले जानकारी दिए ।

‘गाउँबाट निःशुल्क पढाइ दिन्छौं भनेर केटाकेटी बटुलेर ल्याएको रहेछ । गोरखा लैजाने कुरा रहेछ । तर त्यसरी लैजाँदा जिल्ला बालकल्याण समन्वय समितिको अनुमति चाहिन्छ । त्यस्तो केही देखिएन’ एसपी मल्लले भने । ग २ च ३६५७ र ग २ च १३९६ नम्बरको दुईवटा बोलेरो जीपमा राखेर ल्याउँदै गर्दा उनीहरुलाई भरतपुर गोन्द्राङमा रहेको प्रहरीको चेकपोष्टबाट उद्धार गरिएको थियो ।

उनीहरुलाई गोरखा जिल्लाको सिरानचोकमा रहेको भद्रशिला आधारभुत विद्यालयमा पढाउनका लागि भनेर लैजान लागेको एसपी मल्लले बताए । ‘पढाउन लैजाने भने पनि आधारहरु केही थिइन । यसरी बालबालिका लैजान मिल्दैन’ उनले भने । प्रहरीले बलेरोका चालक र सहचालक चारजना तथा स्कुलका शिक्षक र एकजना स्थानीय कृष्णबहादुर चेपाङलाई नियन्त्रणमा लिएको छ ।

उद्धार गरेका बालबालिकाहरु चारदेखि १४ वर्षसम्मका रहेको एसपी मल्लले बताए । उनीहरुलाई चितवन प्रहरीले राप्ती–१३ का वडाध्यक्ष सुर्यबहादुर चेपाङको रोहबरमा हिजो बिहीबार नै सम्बन्धित अभिभावकहरुको जिम्मा लगाएको छ ।

नियन्त्रणमा लिएका व्यक्तिहरुको बारेमा थप अनुसन्धान भइरहेको एसपी मल्लले बताए । ती बालबालिकाहरु लोथर कालिकाटारका थिए । बालबालिकालाई गोरखा लैजाने विषयमा वडालाई केही जानकारी नभएको वडाध्यक्ष सूर्यबहादुर चेपाङले बताए ।

प्रकाशित : असार ६, २०७६ ०९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT