कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

साताका ७ उत्कृष्ट तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यो साता कान्तिपुर डेली डटकममा मौमसी प्रभाव, सांस्कृतिक पर्व र आन्दोलनका गतिविधिका तस्बिरहरुले प्राथमिकता पाएका छन् । जसमा गर्मी बढेपछि चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा, जावलाखेलमा पाटेबाघ पानीमा डुबुल्की मारेको दृश्य पाठकले रुचाइए । त्यस्तै लोकसेवा आयोगको विज्ञापन, गुठी विधेयकको विरोधमा काठमाडौंका माइती घर मण्डलालगायत स्थानमा भएको प्रदर्शन लगायतका तस्बिरले यो साता स्थान पाएको छ ।

गैंडालाई गर्मी लागेपछि : चितवन राष्ट्रिय निकुञ्जमा अत्यधिक गर्मी छल्न पोखरीमा डुबुल्की मार्दै दुर्लभ एक सिंगे गौडा । गर्मी मौसममा गौडा पोखरी वा तालमा करिब आठ घण्टासम्म बस्ने गर्छ । तस्बिर : इलिट जोशी

युटुबर तथा हास्य कलाकार प्रनेश गौतमको रिहाइको मागसहित युवाहरु माइतीघर मण्डलामा प्रदर्शन गर्दै । तस्बिर : सन्जोग मानन्धर

गुठी विधेयकको विरोध गर्दै माइतीघर मण्डलामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको हो । तस्बिर : कविन अधिकारी

ललितपुरको जावलाखेलमा जोखिमपूर्वक भोटो जात्रा अवलोकन गर्दै सर्वसाधारण । तस्बिर : सन्जोग मानन्धर

विश्व सम्पदामा सूचीकृत बसन्तपुर डबलीमा ‘क्युरियो’ का पसलहरु । विदेशी तथा स्वदेशी पर्यटकका लागि धातु लगायत सामग्री बेच्नका लागि राखिएको हुन्छ । तस्बिर : आश्रुती त्रिपाठी

सरकारले संसद्‌मा प्रस्तुत गरेको गुठी विधेयकविरोधमा ईन्द्रचोकमा मुस्लिम समुदाय । तस्बिर : सन्जोग मानन्धर


प्रकाशित : जेष्ठ ३२, २०७६ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्