गलबन्दी र पछ्यौरी 'च्यात्ने' यी जोडी

तस्बिर : हेमन्त श्रेष्ठ, विमल खतिवडा

काठमाडौँ — लोकदोहोरी गायक प्रकाश सपुत र गायिका शान्तीश्री परियारको स्वर रहेको 'गलबन्दी च्यातियो...' गीत अहिले दशर्क/श्रोतामाझ लोकप्रिय बनेको छ । युट्युव भ्युअर्स करोड नाघेको छ । टिकटकमा पनि यही गीत हिट छ । ‘गलबन्दी च्यातियो...’ जब जेठ ११ मा रिलिज भयो । तब सामाजिक सञ्जालहरुमा भाइरल बन्न पुग्यो । तस्बिरमा हेरौं यी दुई जोडी ।

ZenTravel


प्रकाशित : जेष्ठ ३१, २०७६ १३:४०

टिकटकमा गलबन्दी बेरेर भिडियो क्लिप्स बनाउंदै अपलोड गर्नेको जमात ठूलो छ । गीत मात्र होइन, गायकद्वय दर्शकस्रोतामाझ भाइरल बने । जोडीलाई अहिले स्टेज कार्यक्रममा उपस्थिती जनाउन र सञ्चार माध्यममा अन्तवार्ता दिन भ्याइनभ्याइ छ ।

Meroghar

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पप्पुलाई कारबाही गर्न निर्देशन 

विमल खतिवडा

काठमाडौँ — संसदको विकास तथा प्रविध समितिले गुणस्तर नपुर्‍याइ काम गर्ने र त्यसको जवाफदेहीता समेत नलिने निर्माण व्यवसायी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न गर्न निर्देशन दिएको छ । काम अघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरि निर्माण अघि बढाउने उक्त कन्स्ट्रक्सनलाई कारवाही गर्न सुझाव दिएको समिति सभापति कल्याणीकुमारी खड्काले बताइन । 

अरनिको राजमार्ग अर्न्तगत तीनकुनेस्थित वागमती नदीमा निर्माणाधीन पुलमा समस्या देखिएपछि समितिले ०७६ जेठ २ गते स्थलगत अवलोकन गरेको थियो। अनुगमनका क्रममा पुलको ३ वटा पाइल्समा गम्भीर त्रुटी देखिएपछि काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई फाउन्डेसनमा रहेको पाइल्सको समस्या समाधान गरेर मात्र काम अगाडि बढाउन निर्देशन दिएको थियो।
तर व्यवसायीले उक्त निर्देशनको पालना नगरी पुलको सव-स्ट्रक्चर निर्माण गरी स्ल्याब ढलानको तयारी गरेको पाइएको समितिले जनाएको छ। उक्त पुलको ठेक्का ०७५ असार ५ गते निर्माण सम्पन्न गर्ने गरी ०७१ पुष ४ गते ठेक्का भएको थियो। २१ करोड ३३ हजारमा ठेक्का भएको उक्त पुलको अझै निर्माण सम्पन्न हुन सकेका छैन। पुलको ठेक्का उपत्यका सडक विस्तार आयोजनाले गरेको हो।

पढ्नुहोस् समितिले तयार पारेको प्रतिवेदन :

प्रकाशित : जेष्ठ ३१, २०७६ १२:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×