कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रनेश गौतम पक्राउको विरोधमा प्रदर्शन

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — युट्युबमा चलचित्रको व्यंग्यात्मक समीक्षा गरेका मेमे नेपालका सञ्चालक प्रनेश गौतमलाई प्रहरीले साइबर अपराधको अभियोगमा पक्राउ गरेको विरोधमा बुधबार माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । गौतम पक्राउविरुद्धमा स्वतन्त्ररुपमा युवाहरु माइतीघर मण्डलामा उपस्थित भएका थिए । उनीहरुले 'फ्रि प्रनेश', 'नराम्रोलाई नराम्रो भन्न् किन नपाउने ?', 'नेपालि फिल्म इण्डस्ट्रिजको दादागिरी बन्द गर' लगायतका प्ले कार्ड बोकेका थिए । यसैगरी अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै मुखमा कालो टेप टाँसेर प्रक्राउको विरोध गरिएको थियो ।

प्रकाशित : जेष्ठ २९, २०७६ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्