१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ललितपुरमा रोपाइँको चटारो [फोटोफिचर]

तस्बिर : केशव थापा

काठमाडौँ — यतिबेला उपत्यकाका किसानलाई रोपाइँको चटारो सुरु भएको छ । खेती लगाउने समयमा ठूलो वर्षा नभइ रहे पनि काठमाडौं, ललितपुर र भक्तपुरका किसानहरु राजकुलो लाग्ने खेतहरुमा रोपाइँ गर्न व्यस्त छन् । नेपालमा यस वर्ष मनसुन एक हप्ता ढिलो गरी भित्रिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्यत: नेपालमा जुन १० का दिन मनसुन भित्रिने गर्छ । ललितपुरको छम्पीमा जेठमै किसानहरु धान रोपीरहेका छन् । काठमाडौं उपत्यकामा रोपाइँ सुरु भए पनि उपत्यकाबाहिर ब्याड राख्ने काम भइरहेको छ । कतिपय प्रदेश र जिल्लाहरुमा पानी नपर्नाले मकैका बोट सुकेको, बिउ उम्रिन नपाएको किसानहरुको गुनासो छ । ललितपुरको रोपाइँका केही तस्बिर :


प्रकाशित : जेष्ठ २८, २०७६ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्