१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

संसदीय समितिमा मन्त्री पण्डितको आक्रोश !

पटकपटक बोलाउँदा पनि समिति बैठकमा गएका थिएनन् पण्डित
तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना

काठमाडौँ — लोकसेवा आयोगले स्थानीय तहका लागि मागेको कर्मचारी अवश्यकतासम्बन्धी विज्ञापनबारे छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिले तीनपटक बोलाउँदा पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बैठकमा गएनन् । उनी नआउने भए विज्ञापनबारे समितिले अन्तिम निर्णय लिने भन्दै निर्देशन ड्राफ्ट समेत गर्‍यो । उनलाई शुक्रबार बिहान बोलाइएको थियो । मन्त्री पण्डित शुक्रबार बिहान गएनन् । बिहान समिति बैठकमा नगएपछि फेरि बेलुका मन्त्रीलाई आफ्नो भनाइ राख्न अन्तिम मौका दिने भन्दै ५ बजे समिति बैठक बोलाइयो ।

तर बेलुकी पनि मन्त्री बैठकमा गएनन् । मन्त्री ३ पटकसम्म बैठकमा उपस्थित नभएपछि समितिले विज्ञापनबारे सरकारलाई निर्देशन दिन ड्राफ्ट तयार पार्‍यो । तयार पारेपनि शुक्रबार त्यो ड्राफ्ट सार्वजिनक गरिएन । सोमबार बिहान अन्तिम मौका मन्त्रीलाई दिऊँ भन्दै ड्राफ्ट सार्वजनिक गरिएन ।

सोमबार भने मन्त्री पण्डित समिति बैठकमा पुगे । समितिमा उनले ठूलो स्वरमा बोले । उनको भावमा आक्रोश मिसिएको थियो । उनले लोकसेवाको विज्ञापन फिर्ता नहुने संकेत गरेका थिए । उनले हातमा राजपत्र नै लिएर संविधानअनुसार नै विज्ञापन गरिएको दाबी पनि गरे ।


प्रकाशित : जेष्ठ २७, २०७६ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्